Section 117 : Fees to be charged in cases where documents are not maintained or return or income return is not submitted:
(१) कुनै व्यक्तिले देहाय बमोजिम नगरेमा त्यस्तो व्यक्तिलाई प्रत्येक महिना र महिनाको भागको लागि कुनै आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए सो नकटाई र कुनै रकम समावेश गर्नु पर्ने भए सो समावेश गरी हुने निर्धारणयोग्य आयको रकमको शून्य दशमलव एक प्रतिशत प्रति वर्षका दरले हुने रकम वा एक हजार रुपैयाँ प्रति वर्षका दरले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्नेछ ः–
(क) दफा ९५ को उपदफा (१) बमोजिम कुनै आय वर्षका आय विवरण दाखिला नगरेकोमा, वा 
(ख) दफा ९६ को उपदफा (१) बमोजिम कुनै आय वर्षँको आय विवरण दाखिला नगरेमा ।
(२) कुनै व्यक्तिले कुनै आय वर्षको दफा ८१ बमोजिम राख्नु पर्ने कागजात नराखेमा त्यस्तो व्यक्तिलाई त्यस्तो कागजात नराखेको वर्षको लागि कुनै आय वर्षँको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए सो नकटाई र रकमहरु समावेश गर्नु पर्ने भए सो समावेश गरी हुने निर्धारणयोग्य आयको रकमको शून्य दशमलव एक प्रतिशत प्रति वर्षका दरले हुने रकम वा एक हजार रुपैयाँ प्रति वर्षका दरले हुने रकममध्ये जन बढी हुन्छ सो रकम शुल्क लाग्नेछ ।
(३) अग्रिम कर कट्टी गर्ने कुनै व्यक्तिले दफा ९० को उपदफा (१) बमोजिमको विवरण पेश नगरेमा त्यस्तो व्यक्तिलाई विवरण पेश गर्नु पर्ने मितिबाट यस्तो विवरण दाखिला नभएको मितिसम्मको प्रत्येक महिना र महिनाको भागको लागि अग्रिम कर कट्टी गर्नु पर्ने कर रकमको वार्षिक डेढ प्रतिशतका दरले हुने रकम शुल्क लाग्नेछ ।