To read the act with this amendment please click on the link below
आयकर ऐन, २०५८

१. संक्षिप्त नाम र प्रारम्भ
(१) यस अध्यादेशको नाम “आर्थिक अध्यादेश, २०६०” रहेकोछ ।  

(२) यो अध्यादेश तुरून्त प्रारम्भ हुनेछ ।  


२४. आयकर ऐन, २०५८ मा संशोधन
आयकर ऐन, २०५८ को,– 

२४(४३).
दफा ९६ को उपदफा (२) को,–  

(क) खण्ड (क) को उपखण्ड (४) र (५) झिकिएकाछन् ।  

(ख) खण्ड (ग) को उपखण्ड (१) झिकिएकोछ ।  


२४(१).
दफा २ को,–

 (क) खण्ड (त) पछि देहायको खण्ड (त१) थपिएकोछ ः–

 “(त१) “कारोबार” भन्नाले कुनै आयवर्षको रोजगारी, लगानी वा व्यवसायको आय गणना गर्ने प्रयोजनको लागि दफा ७, ८ वा ९ बमोजिम समावेश गरिने जम्मा रकम बराबरको कारोबार सम्झनुपर्छ ।”

 (ख) खण्ड (द) को,–

 (१) उपखण्ड (२) पछि देहायको उपखण्ड (२क.) थपिएकोछ ः–

 “(२क.) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित,”

(२) उपखण्ड (३) मा रहेका “निजी भवन” भन्ने शब्दहरू अघि “जग्गा तथा” भन्ने शब्दहरू थपिएकाछन्।  

(ग) खण्ड (ध) कोसट्टा देहायको खण्ड (ध) राखिएकोछ ः–  

“(ध) “छूट पाउने संस्था” भन्नाले देहायका निकाय सम्झनु पर्छ ः–

(१) कर छूट पाउने संस्थाको रुपमा विभागमा दर्ता भएका देहाय बमोजिमका निकाय ः–  

(क) नाफा नकमाउने उद्देश्यले स्थापना भएका सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक वा परोपकारी संस्था,  

(ख) सामाजिक वा खेलकूद सम्बन्धी सुविधा प्रवद्र्धन गर्ने उद्देश्यले सो संस्था वा त्यसका सदस्यहरूले लाभ नलिने गरी गठन भएको अव्यवसायी (एमेच्योर) खेलकूद संस्था,  

(२) निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल,

 (३) गाउँ विकास समिति, नगरपालिका वा जिल्ला विकास समिति,

 (४) नेपाल राष्ट्र बैङ्क,  

(५) नेपाल सरकार,  

तर छूट पाउने संस्थाको उद्देश्य अनुसार कार्य सम्पन्न हुँदा वा कुनै व्यक्तिद्वारा सो संस्थालाई प्रदान गरिएका सम्पत्ति वा सेवा बापतको कुनै भुक्तानी गर्दा बाहेक सो संस्थाको सम्पत्ति र सो संस्थाले प्राप्त गरेको रकमबाट कुनै व्यक्तिलाई कुनै फाइदा पु¥याएको भए त्यस्तो संस्थालाई कर छूट हुने छैन ।”  

(घ) खण्ड (भ) को उपखण्ड (५) मा रहेका “(१), (२) र (३)” को सट्टा “(१), (२), (३) र (४)” राखिएकाछन्। (ङ) खण्ड (श) को उपखण्ड (१) र (२) को सट्टा देहायका उपखण्ड (१) र (२) राखिएकाछन्ः–  

“(१) जमिनबाट पानी, खनिज पदार्थ वा अन्य जीवित वा निर्र्जीव स्रोत निकाल्ने अधिकार प्राप्त गरे बापतको भुक्तानी, वा

 (२) जमिनबाट समग्र वा आंशिक रुपमा निकालिएको प्राकृतिक स्रोत र खनिज पदार्थको जीवित वा निर्जीव स्रोतको परिमाण वा मूल्यका आधारबाट गणना गरिएको रकम ।”

 (च) खण्ड (स) को सट्टा देहायको खण्ड (स) राखिएकोछ ः–

“(स) “भाडा” भन्नाले घर बहाल समेतका मूर्त सम्पत्तिको बहालमा लगाएको पट्टा अन्तर्गत गरिएका प्रिमियम लगायतका सबै भुक्तानी सम्झनु पर्छ ।  तर यस शब्दले प्राकृतिक स्रोत बापत भएको भुक्तानीलाई जनाउने छैन ।”  

(छ) खण्ड (क ख) को सट्टा देहायको खण्ड (क ख) राखिएकोछ ः–

 “(क ख) “लगानी” भन्नाले देहाय बमोजिम बाहेक एक वा एकभन्दा बढी सम्पत्ति धारण गर्ने वा त्यस्तो सम्पत्ति लगानी गर्ने कार्य सम्झनु पर्छ ः–

 (१) सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको सम्पत्ति राख्ने कार्य,

 (२) रोजगारी वा व्यवसाय ।  तर गैर व्यावसायिक करयोग्य सम्पत्ति राख्ने कार्य लगानी मानिनेछ ।”  

(ज) खण्ड (क ङ) को,–

 (क) उपखण्ड (१) को देहाय (ख) को पहिलो हरफमा रहेका “कुनै आय वर्षको” भन्ने शब्दहरू झिकिएकाछन्।

 (ख) उपखण्ड (३) को देहाय (ख) को अन्तमा “वा,” भन्ने शब्द थपिएकोछ ।

 (ग) उपखण्ड (४) को देहाय (क) को अन्तमा “वा,” भन्ने शब्द थपिएकोछ ।  

(घ) उपखण्ड (६) को दोस्रो हरफमा रहेको “र” भन्ने शब्दको सट्टा “वा,” भन्ने शब्द राखिएकोछ ।

 (झ) खण्ड (क झ) को उपखण्ड (२) मा रहेको “प्रिमियम” भन्ने शब्दको सट्टा ऋण दायित्व अन्तर्गतको छूट, प्रिमियम” भन्ने शब्दहरू राखिएकाछन्।  

(ञ) खण्ड (क ञ) मा रहेका “गरिएको वा” भन्ने शब्दहरू झिकिएकाछन्।

 (ट) खण्ड (क ण) मा रहेको “(४)” को सट्टा “(५)” भन्ने अङ्क राखिएकोछ ।

 (ठ) खण्ड (क न) पछि देहायको खण्ड (क न१) थपिएकोछ ः–

 “(क न१) “समायोजित करयोग्य आय” भन्नाले कुनै व्यक्तिको कुनै आयवर्षको करयोग्य आयको गणना गर्दा दफा १२ बमोजिम कुनै रकम नघटाई तथा दफा १४ को उपदफा (२), दफा १७ वा १८ बमोजिम कट्टी नगरी गणना गरिएको करयोग्य आय सम्झनु पर्छ ।”  

(ड) खण्ड (क ल) मा रहेका “कार्यसंग सम्बन्धित” भन्ने शब्दहरू झिकिएकाछन्र सोही खण्डमा रहेको “कुनै निकाय” भन्ने शब्दहरूको पछि “खण्ड (म) बमोजिमको” भन्ने शब्दहरू थपिएकाछन्।  


२४(२).
दफा ४ को,–  

(क) उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएकोछ ः–

 “(१) कुनै आय वर्षका लागि दफा ३ मा उल्लिखित कुनै व्यक्तिले दाखिला गर्नु पर्ने करको रकम सो दफाको खण्ड (क), (ख) र (ग) मा उल्लिखित कुनै एक वा एकभन्दा बढी व्यक्तिको हैसियतले सो व्यक्तिले दाखिला गर्नु पर्ने करको जम्मा रकम बराबर हुनेछ ।”

 (ख) उपदफा (२) मा रहेको “७१” भन्ने अङ्कपछि “वा दुवै दफा” भन्ने शब्दहरू थपिएकाछन् ।

 (ग) उपदफा (३) को खण्ड (ग) को सट्टा देहायको खण्ड (ग) राखिएकोछ ः–  

“(ग) रोजगारदाताले भुक्तानी गरेको औषधि उपचार खर्च बापतको कर मिलान र रोजगारदाताले नै भुक्तानी गरिदिएको अवकाश योगदान मात्र घटाउन दावी गरेको तथा दफा १२ बमोजिम चन्दा बापत खर्च घटाउन दावी नगरेको ।”

 (घ) उपदफा (४) को रुखण्ड (ख) को सट्टा देहायको खण्ड (ख) राखिएकोछ ः–

 “(ख) व्यवसायबाट प्राप्त आय एक लाख पचास हजार रुपैयाँ र व्यवसायको कारोबार पन्ध्र लाख रुपैयाँभन्दा बढी नभएको, र”

 (ङ) उपदफा (६) को चौथो हरफमा रहेको “८८” भन्ने अङ्कको सट्टा “८७, ८८ र ८९” भन्ने अङ्कहरू राखिएकाछन्।  


२४(३).
दफा ५ मा रहेका “दफा १२ वा ६३” भन्नेशब्दहरूपछि “वा दुवै दफा” भन्ने शब्दहरू थपिएकाछन्। 

२४(४).
दफा ६ को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांशमा रहेका “दफा ११ वा ६४” भन्ने शब्दहरू पछि “वा दुवै दफा” भन्ने शब्दहरू थपिएकाछन्। 

२४(५).
दफा ७ को उपदफा (१) मा रहेका “ आयमा गणना गर्नु पर्नेछ” भन्ने शब्दहरूको सट्टा “आय हुनेछ” भन्ने शब्दहरू राखिएकाछन्। 

२४(६).
दफा ९ को उपदफा (१) मा रहेका “मानी गणना गर्नु पर्नेछ” भन्ने शब्दहरूको सट्टा “हुनेछ” भन्ने शब्द राखिएकोछ । 

२४(७).
दफा ११ को उपदफा (४) को पहिलो हरफमा रहेका उपदफा (१), (२) वा (३) भन्ने शब्दहरूको सट्टा “उपदफा (१), (२), (३) वा दफा ११क” भन्ने शब्दहरू राखिएकाछन्। 

२४(८).
दफा ११ पछि देहायको दफा ११क. थपिएकोछ ः–

 “११क. पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर ः पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गर्नका लागि नेपाल सरकार र कुनै व्यक्तिका बीच कुनै सम्झौता भएमा सो सम्झौता गर्दाका बखत कायम भएको कर सम्बन्धी यस ऐनले व्यवस्था गरेको करका सुविधाहरू त्यस्तो पूर्वाधार निर्माण तथा सञ्चालन गर्ने व्यक्तिले सम्झौता अवधिभर त्यस्तो कर सम्बन्धी सुविधा उपभोग गर्न पाउनेछ ।”  


२४(९).
दफा १२ को उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखिएकोछ ः–  

“(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कुनै आय वर्षमा घटाउन पाउने खर्च एक लाख रुपैयाँ वा सो व्यक्तिको सो वर्षको समायोजित करयोग्य आयको पाँच प्रतिशतमध्ये जुन घटी हुन्छ सोभन्दा बढी हुने छैन ।”  


२४(१०).
दफा १४ को उपदफा (२) मा रहेको “सो उपदफा बमोजिम कट्टी गर्न पाउने कूल ब्याज रकम देहायका रकमहरूको जम्माभन्दा बढी हुने छैन” भन्ने वाक्यांशको सट्टा “नियन्त्रण गर्ने व्यक्ति वा सम्बद्ध व्यक्तिलाई ब्याज भुक्तानी गरेमा उपदफा (१) बमोजिम कट्टी गर्न पाउने त्यस्तो ब्याज रकम देहायका रकमहरूको जम्माभन्दा बढी हुने छैन” भन्ने वाक्यांश राखिएकोछ । 

२४(११).
दफा १५ को,–  

(क) स्पष्टीकरण (ग) मा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएकोछ ः–

 “तर कारखानाको शिरोभार लागतमा मर्मत तथा सुधार र ह्रास कट्टी बापतको कुनै रकम समावेश हुने छैन ।”  

(ख) स्पष्टीकरण (घ) मा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएकोछ ः–  

“तर परिवर्तनशील कारखाना शिरोभार लागतमा मर्मत तथा सुधार र ह्रास कट्टी बापतको कुनै रकम समावेश हुने छैन ।”  


२४(१२).
दफा १६ को,–  

(क) उपदफा (२) को,–  

(१) चौथो हरफमा रहेको “पाँच” भन्ने शब्दको सट्टा “सात” भन्ने शब्द राखिएकोछ ।

 (२) अन्तमा रहेको “र सोभन्दा बढी खर्च भएमा भएको खर्चको क्रमानुसार मात्र यस्तो कट्टी गर्न पाउनेछ” भन्ने वाक्यांश झिकिएकोछ ।

 (ख) उपदफा (३) को सट्टा देहायको उपदफा (३) राखिएकोछ ः–  

”(३) उपदफा (२) बमोजिमको सीमाको परिणाम स्वरुप कट्टी गर्न नपाइने मर्मत तथा सुधार वापत कुनै अधिक खर्च वा सोको भाग आगामी आयवर्षको सुरुमा सम्बन्धित सम्पतिको समूहको ह्रास आधार रकममा जोड्न पाउनेछ ।”  


२४(१३).
दफा १७ को,–  

(क) उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखिएकोछ ः–

 “(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टा गर्न पाउने खर्चको सीमा गणना गर्दा सो व्यक्तिबाट सञ्चालित सबै व्यवसायको समायोजित करयोग्य आयको पचास प्रतिशतभन्दा बढी हुने छैन ।”  

(ख) उपदफा (३) को दोश्रो हरफमा रहेको “पूँजीकरण” भन्ने शब्दको अघि “आगामी आयवर्षको शुरुमा” भन्ने शब्दहरू थपिएकाछन्।  


२४(१४).
दफा १८ को,–  

(क) उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखिएकोछ ः–  

“(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टा गर्न पाउने खर्चको सीमा गणना गर्दा सो व्यक्तिबाट सञ्चालित सबै व्यवसायको समायोजित करयोग्य आयको पचास प्रतिशतभन्दा बढी हुने छैन ।”

 (ख) उपदफा (३) को दोश्रो हरफमा रहेको “पूँजीकरण” भन्ने शब्दको अघि “आगामी आयवर्षको शुरुमा” भन्ने शब्दहरू थपिएकाछन्।  


२४(१५).
दफा १९ को उपदफा (१) को अन्तिम हरफमा रहेका “गर्न पाउनेछ” भन्ने शब्दहरूको सट्टा “गर्नु पर्नेछ” भन्ने शब्दहरू राखिएकाछन्। 

२४(१६).
दफा २१ को स्पष्टीकरण (क) को देहाय (१) को दोश्रो हरफमा रहेका “लागि भएको” भन्ने शब्दहरूको सट्टा “निजी” भन्ने शब्द राखिएकोछ । 

२४(१७).
दफा २४ को,–  

(क) उपदफा (२) को,–

 (१) दोश्रो हरफमा रहेका “व्यक्तिले गरेको आयको गणनामा” भन्ने शब्दहरूको सट्टा “व्यक्तिको आय गणना गर्दा” भन्नेशब्दहरू राखिएकाछन्।

 (२) खण्ड (क) को उपखण्ड (२) को सट्टा देहायको उपखण्ड (२) राखिएकोछ ः– “(२) त्यस्तो दायित्वको मूल्य यथार्थपरक ढङ्गले अनुमान गर्न सकिने भएकोमा, र”

 (ख) उपदफा (३) झिकिएकोछ ।

 (ग) उपदफा (३) पछि देहायको उपदफा (३क) थपिएकोछ ः–

“(३क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्किङ्ग व्यवसायका सम्बन्धमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ तथा बैङ्किङ्ग सम्बन्धी प्रचलित कानूनका अधीनमा रही नेपाल राष्ट्र बैङ्कले तोकेको लेखाङ्कनलाई विभागले मान्यता दिन सक्नेछ ।”  

(घ) उपदफा (४) को सट्टा देहायको उपदफा (४) राखिएकोछ ः–  

“(४) व्यवसाय वा लगानीबाट भएको कुनै व्यक्तिको आय एक्रुयल आधारमा गणना गर्दा सो व्यक्तिले आपूmले पाउनु पर्ने कुनै भुक्तानी समावेश गरेकोमा वा आपूmले व्यहोर्नु पर्ने कुनै भुक्तानी कट्टा गरेकोमा सटही दरको फरकको कारण समेतले गर्दा सो व्यक्तिले भुक्तानी पाउँदा वा भुक्तानी दिँदा फरक पर्न गएमा फरक रकमलाई भुक्तानी प्राप्त हुँदा वा दिँदा समायोजन गर्नु पर्नेछ ।”  


२४(१८).
दफा २५ को उपदफा (१) को खण्ड (क) को दोश्रो हरफमा रहेका “रकमको सोधभर्ना” भन्ने शब्दहरूको सट्टा “रकम फिर्ता” भन्ने शब्दहरू राखिएकाछन्। 

२४(१९).
दफा २७ को उपदफा (१) को खण्ड (क) को दोश्रो हरफमा रहेका “द्रव्य (मनी) वा” र सोही खण्डको चौथो हरफमा रहेका “द्रव्य र” भन्ने शब्दहरू झिकिएकाछन् 

२४(२०).
दफा २९ को सट्टा देहायको दफा २९ राखिएकोछ ः–  

“२९. अप्रत्यक्ष भुक्तानीहरू ः कुनै व्यक्तिले भुक्तानीकर्ता वा निजसंग सम्बद्ध व्यक्तिले गरेको भुक्तानीबाट अप्रत्यक्ष रुपले फाइदा लिएमा वा भुक्तानी प्राप्त गर्ने अन्य व्यक्ति तोकेकोमा विभागले लिखित रुपमा सूचना जारी गरी त्यस्तो फाइदा लिने वा त्यस्तो अन्य व्यक्ति तोक्ने व्यक्तिलाई नै सो भुक्तानी प्राप्त गर्ने व्यक्तिको रुपमा मान्न सक्नेछ ।”  


२४(२१).
दफा ३२ को उपदफा (३) को दोश्रो हरफमा रहेको “बिक्रेताले” भन्ने शब्द झिकिएकोछ । 

२४(२२).
दफा ३८ को उपदफा (१) को खण्ड (क) को उपखण्ड (२) को सट्टा देहायको उपखण्ड (२) राखिएकोछ ः–

 “(२) सो सम्पत्ति प्राप्त भएको कारणले सो व्यक्तिको आय गणना गर्दा समावेश गरिनु पर्ने कुनै रकम ।”  


२४(२३).
दफा ३९ को उपदफा (१) को खण्ड (ग) को प्रतिबन्धात्मक वाक्यांशमा रहेका “कर लागेको रकम” भन्ने शब्दहरूको सट्टा “भुक्तानी” भन्ने शब्द राखिएकोछ । 

२४(२४).
दफा ४१ को,–

 (क) खण्ड (क) को उपखण्ड (२) को सट्टा देहायको उपखण्ड (२) राखिएकोछ ः–

 “(२) सो सम्पत्ति पुनः निसर्ग हँुदा यो दफा बमोजिम निसर्ग भएको बखतसम्म सो सम्पत्ति बापत गरिएका खूद खर्चहरू (नेट आउट गोइङ्ग) प्राप्ति रकम बराबरको रकम भए सरह मानिनेछ ।”

 (ख) खण्ड (ख) को उपखण्ड (२) को सट्टा देहायको उपखण्ड (२) राखिएकोछ ः–  

“(२) सो दायित्व पुनः निसर्ग हुँदा यो दफा बमोजिम निसर्ग भएको समयसम्म उपखण्ड (१) बमोजिम दायित्व बापत गरिएका खुद आम्दानीहरू खर्च रकम बराबरको भए सरह मानिनेछ ।”  


२४(२५).
दफा ४५ को उपदफा (२) को तेश्रो हरफमा रहेका “कर लाग्ने” भन्ने शब्दहरूको सट्टा “करयोग्य” भन्ने शब्द राखिएकोछ । 

२४(२६).
दफा ५४ को,–  

(क) उपदफा (१) को,–  

(१) खण्ड (क) को पहिलो हरफमा रहेको “अन्तिम” भन्ने शब्द अघि “वितरण गरेमा” भन्ने शब्दहरू थपिएकाछन्।  

(२) खण्ड (ख) को सट्टा देहायको खण्ड (ख) राखिएकोछ ः–  

“(ख) अन्य निकायहरूले वितरण गरेमा कर लाग्ने छैन ।” (ख) उपदफा (३) को सट्टा देहायको उपदफा (३) राखिएकोछ ः–

 “(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कर कट्टी भई प्राप्त भएको लाभांश वितरण गरेमा कर लाग्ने छैन ।”  (ग) उपदफा (४) झिकिएकोछ ।  


२४(२७).
दफा ५७ को उपदफा (१) पछि देहायको उपदफा (१क.) थपिएकोछ ः–  

“(१क.) उपदफा (१) मा उल्लेख भए बमोजिमको कुनै निकायको पचास प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तनको गणना गर्ने प्रयोजनको लागि सो निकायको देहाय बमोजिमको स्वामित्वलाई मात्र समावेश गरिनेछ ः–

 (क) सो निकायको कुल स्वामित्वको एक प्रतिशत वा सोभन्दा बढी स्वामित्व ग्रहण गर्ने शेयरवालाले ग्रहण गरेको स्वामित्व, र  

(ख) सो निकायको कुल स्वामित्वको एक प्रतिशतभन्दा कम स्वामित्व ग्रहण गर्ने शेयरवालामध्ये सो निकायको कुल स्वामित्वको एक प्रतिशतभन्दा बढी स्वामित्व ग्रहण गर्ने शेयरवालाको सम्बद्ध व्यक्तिले ग्रहण गरेको स्वामित्व ।”  


२४(२८).
दफा ५८ को उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएकोछ ः–  

“(१) कुनै निकायले देहायको सबै अवस्थाहरू कायम राखी गरेको प्रबन्धलाई लाभांश कर घटाउन गरेको प्रबन्ध मानिनेछ ः–  

(क) सो निकायको संचित, चालू वा अपेक्षित मुनाफा भएमा,

 (ख) हित प्राप्त गर्ने कुनै व्यक्तिले सो निकायको कुनै हित प्राप्त गर्छ र सो हित प्राप्तकर्ता वा निजको सम्बद्ध व्यक्तिले सो निकायको हालको वा साबिकको हिताधिकारीलाई वा निजको सम्बद्ध व्यक्तिलाई हित प्राप्तिसंग सम्बन्धित भए वा नभएपनि र हित प्राप्तीको समयमा भुक्तानी भए वा नभएपनि कुनै भुक्तानी गरेकोमा,

(ग) सो भुक्तानी पूर्ण वा आंशिक रुपमा निकायको मुनाफामा प्रतिबिम्बित भएमा, र  

(घ) सो निकायले सो हित प्राप्तकर्तालाई लाभांश वितरण गरेकोमा र सो लाभांशले पूर्ण वा आंशिक रुपले सो मुनाफालाई समावेश गरेमा ।”  


२४(२९).
दफा ५९ को,–  

(क) उपदफा (१) पछि देहायको उपदफा (१क.) थपिएकोछ ः–  

“(१क.) नेपाल राष्ट्र बैङ्कले तोकेको मापदण्डको अधीनमा रही बैङ्किङ्ग ब्यवसाय सञ्चालन गर्ने व्यक्तिले जोखिम व्यहोर्ने कोषमा राखेको असूल हुन बाँकी ऋण रकमको बढीमा पाँच प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ । यसरी जोखिम व्यहोर्ने कोष कायम रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखिएमा मिन्हा हुने छैन र सो कोषमा रहेको रकम पूँजिकृत गरिएमा वा मुनाफा वा लाभांश बाँडफाँड गरिएमा जुन वर्ष बाँडफाँड गरिएकोछ सोही वर्षको आयमा समावेश गरिनेछ ।”

 (ख) उपदफा (२) मा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएकोछ ः–

 “तर उपदफा (१क.) बमोजिमको रकमलाई खर्चको रुपमा कट्टी गरेको भए त्यस्तो नोक्सानी घटाउन पाइने छैन ।”  


२४(३०).
दफा ६१ को,–  

(क) उपदफा (२) को खण्ड (ख) को उपखण्ड (२) को सट्टा देहायको उपखण्ड (२) राखिएकोछ ः–

 “(२) बीमितलाई फिर्ता भएको खण्ड (क) को उपखण्ड (१) मा उल्लिखित प्रिमियम ।”

 (ख) उपदफा (३) को अन्तिम हरफमा रहेका “खर्चहरूमा समावेश गर्नु पर्नेछ” भन्ने शब्दहरूको सट्टा “खर्च मानिने छैन” भन्ने शब्दहरू राखिएकाछन्।  


२४(३१).
दफा ६३ को,–  

(क) उपदफा (१) मा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएकोछ ः–

 “तर नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापना भएको नागरिक लगानी कोषले अवकाश कोष राख्न चाहेमा त्यस्तो कोषले र कर्मचारी संचय कोष ऐन, २०१९ बमोजिम स्थापना भएको कर्मचारी संचय कोषले अवकाश कोष सञ्चालन गरेमा त्यस्तो कोषको लागि स्वीकृति लिनुपर्ने छैन ।”

 (ख) उपदफा (२) को तेश्रो हरफमा रहेको “आयबाट घटाई पाउन दाबी गर्न सक्नेछ” भन्ने वाक्यांशको सट्टा “आयको गणना गर्दा घटाई पाउन दावी गर्न सक्नेछ” भन्ने वाक्यांश राखिएकोछ ।  


२४(३२).
दफा ६४ को उपदफा (३) मा रहेको “कम्पनीलाई लाग्ने” भन्ने शब्दहरूको सट्टा अनुसूची– १ को दफा २ को उपदफा (१) मा उल्लिखित” भन्ने शब्दहरू राखिएकाछन्। 

२४(३३).
दफा ६५ को उपदफा (१) को दोस्रो हरफमा रहेका “हितबाट भएको” भन्ने शब्दहरू पछि “वा नेपाल सरकारबाट भएको अवकाश भुक्तानी” भन्ने शब्दहरू थपिएकाछन्। 

२४(३४).
दफा ६७ को उपदफा (६) को खण्ड (झ) को उपखण्ड (२) को पहिलो हरफमा रहेका “सो कार्यहरू” भन्ने शब्दहरूको सट्टा “रोजगार” भन्ने शब्द राखिएकोछ । 

२४(३५).
दफा ७१ मा रहेको स्पष्टीकरणको खण्ड (ख) को सट्टा देहायको खण्ड (ख) राखिएकोछ ः–

 “(ख) “नेपालको करको औसत दर” भन्नाले कुनै आय वर्षमा कुनै विदेशी कर मिलान गर्नु अगावैको दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिले सो वर्षमा दाखिला गर्नु पर्ने करको रकमलाई सो व्यक्तिको सो आयवर्षको करयोग्य आयले भाग गरी हुन आउने रकमलाई एकसयले गुणन गर्दा हुन आउने दर सम्झनु पर्छ ।”  


२४(३६).
दफा ७४ को उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएकोछ ः–

 “(१) करदातालेयस ऐन बमोजिमका कर्तब्यहरू पालना गर्नु पर्नेछ ।” 


२४(३७).
दफा ८१ को उपदफा (२) मा रहेको “कम्तीमा” भन्ने शब्द झिकिएकोछ । 

२४(३८).
दफा ८८ को,–

 “(क) उपदफा (१) मा रहेका “भुक्तानी गर्दा र सो व्यक्ति स्वीकृत अवकाश कोष भएमा कुनै” भन्ने शब्दहरूको सट्टा “र” भन्ने शब्द राखिएकोछ र सो उपदफाको प्रतिबन्धात्मक वाक्यांशको सट्टा देहायको प्रतिबन्धात्मक वाक्यांश राखिएकोछ ः–

 “तर नेपाल सरकार वा स्वीकृत अवकाश कोषबाट भएको अवकाश भुक्तानीको हकमा दफा ६५ को उपदफा (१) को खण्ड (ख) बमोजिम गणना गरिएको लाभमा छ प्रतिशतका दरले कट्टी गर्नुपर्नेछ ।”

 (ख) उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखिएकोछ ः–

 “(२) बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको देहायका भुक्तानी गर्दा देहायका दरले कर कट्टी गर्नु पर्नेछ ः–

 (क) लाभांश भुक्तानी गर्दा भुक्तानी रकमको पाँच प्रतिशत,  (ख) लगानी बीमाको लाभ भुक्तानी गर्दा लाभ रकमको पाँच प्रतिशत, वा  (ग) स्वीकृति नलिएको अवकाश कोषबाट लाभ भुक्तानी गर्दा लाभ रकमको दश प्रतिशत । ”

(ग) उपदफा (३) को सट्टा देहायको उपदफा (३) राखिएकोछ ः–

 “(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बासिन्दा बैङ्क, वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम दर्ता भएका कम्पनीले कुनै प्राकृतिक व्यक्तिलाई निक्षेप, ऋणपत्र, डिवेन्चर तथा सरकारी वण्ड बापत देहाय बमोजिमको ब्याज वा ब्याज स्वरुपको कुनै रकम भुक्तानी दिँदा कुल भुक्तानी रकममा छ प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ ः–

 (क) नेपालमा स्रोत भएको, र  (ख) व्यवसाय सञ्चालनसंग सम्बन्धित नभएको ।”  


२४(३९).
दफा ९० को उपदफा (५) को शुरुमा रहेको “देहाय बमोजिम अग्रिम कर कट्टी गर्ने व्यक्तिले कर कट्टी नगरेमा वा दाखिला नगरेमा सो कर कट्टी हुने व्यक्ति” भन्ने वाक्यांशको सट्टा “देहाय बमोजिमको अवस्थामा अग्रिम कर कट्टी हुने व्यक्ति” भन्ने वाक्यांश राखिएकोछ । 

२४(४०).
दफा ९२ को उपदफा (१) को,–  

(क) खण्ड (ङ) को सट्टा देहायको खण्ड (ङ) राखिएकोछ ः–

 “(ङ) दफा ८८ को उपदफा (३) मा उल्लेख भए बमोजिम बैङ्क, वित्तीय संस्था वा ऋण पत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनीले भुक्तानी दिएको देहाय बमोजिमको ब्याज ः–

 (१) नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसंग सम्बन्धित नभएको प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको,

 (२) दफा २ को खण्ड (ध) बमोजिमको कर छूट पाउने संस्थालाई भुक्तानी गरेको,”

(ख) खण्ड (च) पछि देहायका खण्ड (छ) र (ज) थपिएकाछन्ः–  

“(छ) नेपाल सरकार वा स्वीकृत अवकाश कोषबाट भुक्तानी गरिएको अवकाश भुक्तानीहरू, र  

(ज) बैठक भत्ता, पटके रुपमा अध्यापन गराए बापतको भुक्तानी, प्रश्नपत्र तयार गरे वापतको भुक्तानी वा उत्तर पुस्तिका जाँच गरे वापतको भुक्तानी ।”  


२४(४१).
दफा ९४ को,–

 (क) उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएकोछ ः–

 “(१) कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले देहाय बमोजिम तीन किस्तामा कर दाखिला गर्नु पर्नेछ ः–

दाखिला गर्नु पर्ने मिति       दाखिला गर्नु पर्ने रकम  

पौष महिनाको अन्त्यसम्म     अनुमानित करको ४०% रकममध्ये तिर्न बाँकी कर रकम  चैत्र महिनाको अन्त्यसम्म     अनुमानित करको ७०% रकममध्ये तिर्न बाँकी कर रकम आषाढ महिनाको अन्त्यसम्म   अनुमानित करको १००% रकममध्ये तिर्न बाँकी कर रकम  

स्पष्टीकरण ः

यस उपदफाको प्रयोजनको लागि,–

 (क) “अनुमानित कर” भन्नाले किस्ताबन्दीमा कर दाखिला गर्नु पर्ने कुनै व्यक्तिले कुनै वर्षको किस्ताबन्दी कर दाखिला गर्नु पर्ने समयमा दफा ९५ बमोजिम गणना गरेको किस्ताबन्दीको अनुमानित कर सम्झनु पर्छ ।

 (ख) “तिर्न बाँकी कर रकम” भन्नाले अनुमानित करको यस उपदफामा किस्तामा दाखिला गर्न तोकिएको प्रतिशतले हुने रकमबाट देहायको कुल जम्मा रकम घटाउँदा नपुग हुने रकम सम्झनु पर्छ ः–

(१) सम्बन्धित किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि यस दफा बमोजिम पूर्व किस्ताद्वारा सो आय वर्षमा दाखिला गरेको कर रकम,

 (२) सो आय वर्षमा सम्बन्धित किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि कुनै व्यक्तिको परिच्छेद–१७ बमोजिम सो वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश हुने भुक्तानीहरूबाट कट्टी भएको कर रकम,  

(३) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि सो वर्षमा कर कट्टी गर्ने एजेण्ट वा कर कट्टी हुने व्यक्तिले उपखण्ड (२) मा उल्लिखित भुक्तानीबाट दफा ९० को उपदफा (३) बमोजिम कर कट्टी भएको मानिने रकम विभागमा दाखिला गरेको भए त्यस्तो कर रकम, र

 (४) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि सो व्यक्तिले गरेको स्वीकृत औषधि उपचार खर्चको सम्बन्धमा सो व्यक्तिले दफा ५१ बमोजिम दाबी गर्न सक्ने औषधि उपचार खर्चको कर मिलान रकम ।”

 (ख) उपदफा (२) को दोश्रो हरफमा रहेको “किस्ताको” भन्ने शब्दको सट्टा “समग्र किस्ताको जम्मा” भन्ने शब्दहरू राखिएकाछन् ।  


२४(४२).
दफा ९५ को,–  

(क) उपदफा (१) मा रहेका “सोको विवरण” भन्ने शब्दहरू पछि “विभागबाट” भन्ने शब्द थपिएकोछ ।

 (ख) उपदफा (७) मा रहेका “वा उपदफा (६) बमोजिम करको किस्ता बुझाउन कुनै व्यक्तिले अनुमान पेश गर्नु नपर्ने गरी तोकिएकोमा” भन्ने शब्दहरू झिकिएकाछन् ।  


२४(४४).
दफा ९७ को,–  

(क) शुरुमा रहेका “विभागले लिखित आदेश दिएमा बाहेक” भन्ने शब्दहरूको सट्टा “विभागले लिखित रुपमा आदेश दिएमा वा सार्वजनिक रुपमा सूचना प्रकाशन गरी आदेश दिएमा बाहेक” भन्ने शब्दहरू राखिएकाछन् ।  

(ख) खण्ड (ख) को अन्त्यमा रहेको “वा” भन्ने शब्द झिकिएकोछ ।

 (ग) खण्ड (ग) को अन्त्यमा रहेको “।” को सट्टा “,” राखी “वा” थपिएकोछ ।  

(घ) खण्ड (ग) पछि देहायको खण्ड (घ) थपिएकोछ ः–

 “(घ) अनुसूची–१ को दफा १ को उपदफा (११) बमोजिम कर दाखिला गर्ने सवारीसाधन धनी प्राकृतिक व्यक्ति भएमा त्यस्तो प्राकृतिक व्यक्ति ।”  


२४(४५).
दफा १०१ को उपदफा (६) को चौथो हरफमा रहेको “सात” भन्ने शब्दको सट्टा “पन्ध्र” भन्ने शब्द राखिएकोछ । 

२४(४६).
दफा १०६ मा रहेका “कर विभागले” भन्ने शब्दहरूको सट्टा “विभागले” भन्ने शब्द राखिएकोछ । 

२४(४७).
दफा ११४ को उपदफा (१) को खण्ड (ङ) मा रहेका “करको निर्धारण” भन्ने शब्दहरू पछि “वा दफा १०५ को उपदफा (५) बमोजिमको लिलाम बिक्री खर्चको निर्धारण” भन्ने शब्दहरू थपिएकाछन् । 

२४(४८).
दफा ११५ को,–  

(क) उपदफा (६) को सट्टा देहायको उपदफा (६) राखिएकोछ ः–

 ”(६) दफा ११४ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको निर्णय उपर निवेदन दिँँदा बाँकी करको पचास प्रतिशत रकम धरौटी राख्नु पर्नेछ ।”  


२४(४९).
दफा ११७ को,–

 (क) उपदफा (१) मा रहेका “डेढ प्रतिशत” भन्ने शब्दहरूको सट्टा “शून्य दशमलव एक प्रतिशत” भन्ने शब्दहरू राखिएकाछन्र सोही उपदफामा रहेका “प्रति महिनाका” भन्ने शब्दहरूको सट्टा “प्रति वर्षका” भन्ने शब्दहरू राखिएकाछन् ।  

(ख) उपदफा (२) मा रहेका “डेढ प्रतिशत” भन्ने शब्दहरूको सट्टा “शून्य दशमलव एक प्रतिशत” भन्ने शब्दहरू राखिएकाछन्र सोही उपदफामा रहेका “प्रति महिनाका” भन्ने शब्दहरूको सट्टा “प्रति वर्षका” भन्ने शब्दहरू राखिएकाछन् ।  


२४(५०).
दफा ११८ को सट्टा देहायको दफा ११८ राखिएकोछ ः–

“११८. किस्ताबन्दीमा दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्ने ः

(१) कुनै ब्यक्तिले कुनै आय बर्षमा दफा ९४ बमोजिम दाखीला गर्नु पर्ने किस्ता रकम सम्बन्धमा खण्ड (क) मा उल्लिखित रकमभन्दा खण्ड (ख) मा उल्लिखित रकम बढी भएमा यसरी बढी भएको रकममा उपदफा (२) बमोजिम ब्याज लाग्नेछ ः–  

(क) सो व्यक्तिले कुनै आय वर्षमा तिरेको प्रत्येक किस्ताको रकम,

 (ख) सो आय वर्षमा प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रुपमा बुझाउनु पर्ने कुल रकमको अनुमान वा संशोधित अनुमान सही भएको भए सो रकम र सो रकम सहि नभएको भए दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने कर रकमको प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रुपमा बुझाउनु पर्ने रकमको असी प्रतिशत रकम ।  

(२) उपदफा (१) बमोजिमको व्यक्तिलाई सो वर्षको सो किस्ता बुझाउनु पर्ने मितिदेखि सो बढी रकम नबुझाएसम्मको प्रत्येक महिना र महिनाको भागको सामान्य ब्याजदरले ब्याज लाग्नेछ ः– (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिीएको भएतापनि सो उपदफा बमोजिमको व्यक्तिले त्यस्तो बढी कर दफा ९९ बमोजिम कर निर्धारण भई कर बुझाउनु पर्ने मितिसम्म पनि दाखिला नगरेमा सो व्यक्तिलाई सो वर्षको सो किस्ता बुझाउनुपर्ने मितिदेखि सोही दफा बमोजिम कर निर्धारण भई कर बुझाउनु पर्ने मिति सम्मको प्रत्येक महिना र महिनाको भागको सामान्य व्याजदरले व्याज लाग्नेछ ।”  


२४(५१).
खारेजी ः– दफा ६६ खारेज गरिएकोछ । 

२४(५२).
अनुसूची–१ मा संशोधन ः

(१) दफा १ को,–  

(क) उपदफा (१), (२), (३), र (४) को ठाँउ ठाँउमा रहेका “पचपन्न हजार रुपैयाँ”, “पचहत्तर हजार रुपैयाँ”, “एक लाख तीस हजार रुपैयाँ” र “एक लाख पचास हजार रुपैयाँ” भन्ने शब्दहरूको सट्टा क्रमशः “असी हजार रुपैयाँ”, “एक लाख रुपैयाँ”, एक लाख पचपन्न हजार रुपैयाँ” र “एक लाख पचहत्तर हजार रुपैयाँ” भन्ने शब्दहरू राखिएकाछन् ।”  

(ख) उपदफा (४) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांश झिकिएकोछ ।

 (ग) उपदफा (५) को सट्टा देहायको उपदफा (५) राखिएकोछ ः–  

“(५) नेपाल सरकारले तोकेको दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको दुर्गम भत्ता बापत तोकिएबमोजिम बढीमा तीसहजार रुपैयाँंसम्म करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।”

 (घ) उपदफा (६) झिकिएकोछ ।

 (ङ) उपदफा (९) पछि देहायका उपदफा (१०), (११) र (१२) थपिएकाछन्ः–

 “(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहेछ भने सो बापत भुक्तानी गरेको प्रिमियममध्ये लगानी बीमा गरेको अङ्कको सात प्रतिशतले हुने रकम वा दश हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।  

(११) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भाडाका सवारी साधन धनीहरूबाट देहाय बमोजिमको वार्षिक कर असूल गरिनेछ । सवारी साधन धनी प्राकृतिक व्यक्ति भएमा यसरी तिरेको कर नै अन्तिम हुनेछ ।

 सवारीको किसिम                         प्रतिसवारी साधनमा बुझाउनु पर्ने वार्षिक कर

(क) मिनिबस, मिनि ट्रक, ट्रक र बस        रु. १,५००।–  

(ख) कार, जिप, भ्यान, माइक्रो बस.         रु १,२००।–

 (ग) थ्रि ह्विलर, अटो रिक्सा, टेम्पो           रु. ८५०।–  

(घ) ट्रेक्टर र पावर टिलर                   रु. ७५०।–  

(१२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा यस दफा बमोजिम करको गणना गर्दा पच्चीस प्रतिशत कर लाग्ने करयोग्य आयमा बीस प्रतिशतका दरले कर लाग्नेछ ः–

 (क) कुनै प्राकृतिक व्यक्तिले कुनै वर्षभरि पूर्ण रुपले यस ऐनको दफा ११ मा उल्लेखित विशेष उद्योग सञ्चालनमा संलग्न रहेमा,

 (ख) कुनै प्राकृतिक व्यक्तिको कुनै आय वर्षमा निकासीबाट आय आर्जन भएमा,

 (२) दफा २ को,–  

(क) उपदफा (३) को खण्ड (ख) को सट्टा देहायको खण्ड (ख) राखिएकोछ ः–

 “(ख) सो निकायले,–

 (१) कुनै सडक, पुल, टनेल, रोप–वे वा आकाशे पुल निर्माण गरी सञ्चालन गरेमा,

 (२) कुनै ट्रली बस वा ट्राम सञ्चालन गरेमा, वा  

(३) कुनै आय वर्षमा निकासीबाट आय आर्जन गरेमा ।”  

(ख) उपदफा (५) को सट्टा देहायको उपदफा (५) राखिएकोछ ः–

 “(५) कुनै आय वर्षमा कुनै मृत बासिन्दा व्यक्तिको सम्पत्ति प्राप्त गर्ने वा रेखदेख गर्ने वा अशक्त बासिन्दा प्राकृतिक व्यक्तिको ट्रष्टको करयोग्य आयमा सो सम्पत्ति प्राप्त गर्ने वा रेखदेख गर्ने वा सो ट्रष्टलाई बासिन्दा प्राकृतिक व्यक्ति सरह मानी यस अनुसूचीको दफा १ को उपदफा (१) र उपदफा (४) बमोजिम कर लाग्नेछ ।”