दफा २९ : अप्रत्यक्ष भुक्तानीहरु
२९. अप्रत्यक्ष भुक्तानीहरू ः कुनै व्यक्तिले भुक्तानीकर्ता वा निजसंग सम्बद्ध व्यक्तिले गरेको भुक्तानीबाट अप्रत्यक्ष रुपले फाइदा लिएमा वा भुक्तानी प्राप्त गर्ने अन्य व्यक्ति तोकेकोमा विभागले लिखित रुपमा सूचना जारी गरी त्यस्तो फाइदा लिने वा त्यस्तो अन्य व्यक्ति तोक्ने व्यक्तिलाई नै सो भुक्तानी प्राप्त गर्ने व्यक्तिको रुपमा मान्न सक्नेछ ।”  


(क) कुनै भुक्तानीबाट अप्रत्यक्ष रुपले फाइदा लिएमा, वा
(ख) कुनै भुक्तानी प्राप्त गर्ने व्यक्ति निर्दिष्ट गरेमा ।