दफा ९४ : किस्ताबन्दीमा कर दाखिला
(१) कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले देहाय बमोजिम तीन किस्तामा कर दाखिला गर्नु पर्नेछ ः–

दाखिला गर्नु पर्ने मिति                            दाखिला गर्नु पर्ने रकम  

पौष महिनाको अन्त्यसम्म     अनुमानित करको ४०% रकममध्ये तिर्न बाँकी कर रकम  चैत्र महिनाको अन्त्यसम्म     अनुमानित करको ७०% रकममध्ये तिर्न बाँकी कर रकम आषाढ महिनाको अन्त्यसम्म   अनुमानित करको १००% रकममध्ये तिर्न बाँकी कर रकम   स्पष्टीकरण ः यस उपदफाको प्रयोजनको लागि,–  

(क) “अनुमानित कर” भन्नाले किस्ताबन्दीमा कर दाखिला गर्नु पर्ने कुनै व्यक्तिले कुनै वर्षको किस्ताबन्दी कर दाखिला गर्नु पर्ने समयमा दफा ९५ बमोजिम गणना गरेको किस्ताबन्दीको अनुमानित कर सम्झनु पर्छ ।

 (ख) “तिर्न बाँकी कर रकम” भन्नाले अनुमानित करको यस उपदफामा किस्तामा दाखिला गर्न तोकिएको प्रतिशतले हुने रकमबाट देहायको कुल जम्मा रकम घटाउँदा नपुग हुने रकम सम्झनु पर्छ ः–

(१) सम्बन्धित किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि यस दफा बमोजिम पूर्व किस्ताद्वारा सो आय वर्षमा दाखिला गरेको कर रकम,  

(२) सो आय वर्षमा सम्बन्धित किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि कुनै व्यक्तिको परिच्छेद–१७ बमोजिम सो वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश हुने भुक्तानीहरूबाट कट्टी भएको कर रकम,  

(३) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि सो वर्षमा कर कट्टी गर्ने एजेण्ट वा कर कट्टी हुने व्यक्तिले उपखण्ड (२) मा उल्लिखित भुक्तानीबाट दफा ९० को उपदफा (३) बमोजिम कर कट्टी भएको मानिने रकम विभागमा दाखिला गरेको भए त्यस्तो कर रकम, र  

(४) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि सो व्यक्तिले गरेको स्वीकृत औषधि उपचार खर्चको सम्बन्धमा सो व्यक्तिले दफा ५१ बमोजिम दाबी गर्न सक्ने औषधि उपचार खर्चको कर मिलान रकम ।”

 (२) उपदफा(१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम बुझाउनु पर्ने किस्ताको रकम दुई हजार रुपैयाँभन्दा कम भएमा त्यस्तो समग्र किस्ताको जम्मा रकम बुझाउनु पर्ने छैन । (३) किस्ता दाखिला गर्ने व्यक्तिले यस दफा बमोजिम कुनै आय वर्षमा किस्ताबन्दीका माध्यमबाट दाखिला गरेको कर रकम सो वर्षमा लाग्ने कर बापत कट्टी गर्न पाउनेछ ।