दफा ५४ : लाभांशको कर
(१) बासिन्दा निकायले वितरण गरेको लाभांशमा देहाय बमोजिम हुनेछ ः–
(क) कुनै कम्पनीको शेयरवालालाई वितरण गरेमा अन्तिम रुपमा कर कट्टीको विधिले कर लाग्नेछ, र 
(ख) अन्य निकायहरूले वितरण गरेमा कर लाग्ने छैन ।” (ख) उपदफा (३) को सट्टा देहायको उपदफा (३) राखिएकोछ ः–
(२) कुनै गैर बासिन्दा निकायले कुनै बासिन्दा हिताधिकारीलाई वितरण गरेको लाभांशलाई सो हिताधिकारीको आयको गणना गर्दा समावेश गरी कर लाग्नेछ ।
(३)उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कर कट्टी भई प्राप्त भएको लाभांश वितरण गरेमा कर लाग्ने छैन ।
(क) लाभांश वितरण गर्ने कम्पनीको बिमोचनीय (रिडिमिवेबल) शेयरको स्वामित्वका कारण कुनै कम्पनीलाई वितरण गरिएको लाभांश ।
(ख) दफा ५८ मा उल्लेख गरिएको लाभांश ।
(५) कुनै निकायको हिताधिकारीको हित बापत प्राप्त हुने परिच्छेद –८ बमोजिमका आम्दानीहरुमा सो हित बापत कुनै निकायबाट गरिएको पूँजीको फिर्ता रकम समावेश गर्नु पर्नेछ ।
तर निकायले वितरण गरेको लाभांश समावेश गर्नु पर्ने छैन ।