Section 16 : Repair and maintenance expenses:
(१) कुनै व्यीिक्तले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीको आय गणना गर्दा सो व्यवसाय वा लगानीबाट आय आर्जन गर्न सो वर्षमा स्वामित्व भएको र प्रयोग गरिएको ह्रासयोग्य सम्पत्तिको मर्मत वा सुधार गर्दा भएको सबै खर्चहरु कट्टी गर्न पाउनेछ ।
(२)  उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम गर्न पाउने खर्च कट्टी गर्दा सो आय वर्षको अन्त्यमा रहेको सम्पत्तिको समूहको ह्रास आधार रकमको सात प्रतिशतभन्दा बढी हुने छैन  ।

(३) उपदफा (२) बमोजिमको सीमाको परिणाम स्वरुप कट्टी गर्न नपाइने मर्मत तथा सुधार वापत कुनै अधिक खर्च वा सोको भाग आगामी आयवर्षको सुरुमा सम्बन्धित सम्पतिको समूहको ह्रास आधार रकममा जोड्न पाउनेछ ।”