Section 24 : Accrual basis accounting:
१) कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखांकन एक्रुयल आधारमा गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जन हुनासाथ त्यस्तो भुक्तानी प्राप्त गरेको मानी निजको आयको गणनामा समावेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा उल्लेख भए बमोजिम कुनै व्यक्तिको आय गणना गर्दा कट्टी गर्ने प्रयोजनको लागि देहायका खर्चहरु व्यहोरेको मानिनेछ ः–
(क) कुनै अर्काे व्यक्तिबाट भएको भुक्तानीको सट्टामा त्यस्तो खर्च समावेश भएको कुनै भुक्तानी गरिएको भएमा देहायको अवस्थामा खर्च व्यहोरेको मानिनेछ ः–
(१) सो व्यक्तिमा सो भुक्तानी गर्ने दायित्व रहेकोमा,
(२) त्यस्तो दायित्वको मूल्य यथार्थपरक ढङ्गले अनुमान गर्न सकिने भएकोमा, र”
(ख)  खण्ड (क) मा उल्लिखित अवस्था बाहेक अन्य सबै अवस्थामा भुक्तानी गरिएको समयमा खर्च व्यहोरेको मानिनेछ ।

(३) कुनै लगानी वा व्यवसायबाट भएको आयको गणना गर्न एक्रुयल आधारमा लेखा राख्ने व्यक्तिलाई देहायका अवस्थाहरुमा विभागले लिखित सूचना दिई कर घट्ने भएमा कर प्रयोजनको लागि भुक्तानीलाई पछि सार्ने वा घटाउने कार्यलाई रोक्न सो भुक्तानी दिने समयलाई समायोजन गर्न सक्नेछ ः–
(क) निम्न अनुसार भएमा,–
(१) कुनै आय वर्षको लागि आयको गणना गर्दा कुनै खर्च कट्टी गर्न पाउने तर सो व्यक्तिले कर प्रयोजनको लागि नगद आधारमा लेखांकन गर्नु परेको भए सो खर्च कुनै आगामी आय वर्षमा मात्र कट्टा गर्न माउँदथ्यो, वा 
(२) सो आय वर्षमा आगामी आय वर्षको आय गणना गर्दा मात्र समावेश गर्नु पर्ने कुनै भुक्तानी पाएको तर सो व्यक्तिले कर प्रयोजनको लागि नगद आधारमा लेखांकन गर्नु परेको भए सो भुक्तानीको रकम सो भुक्तानी पाएकै आय वर्षमा समावेश हुन्थ्यो , र 
(ख) कुनै व्यक्तिले कुनै आय वर्षमा भुक्तानी दिँदा वा पाउँदा तिर्नु पर्ने कुल करलाई घटाउने भएमा ।

(३क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्किङ्ग व्यवसायका सम्बन्धमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ तथा बैङ्किङ्ग सम्बन्धी प्रचलित कानूनका अधीनमा रही नेपाल राष्ट्र बैङ्कले तोकेको लेखाङ्कनलाई विभागले मान्यता दिन सक्नेछ ।”  

(४) व्यवसाय वा लगानीबाट भएको कुनै व्यक्तिको आय एक्रुयल आधारमा गणना गर्दा सो व्यक्तिले आपूmले पाउनु पर्ने कुनै भुक्तानी समावेश गरेकोमा वा आपूmले व्यहोर्नु पर्ने कुनै भुक्तानी कट्टा गरेकोमा सटही दरको फरकको कारण समेतले गर्दा सो व्यक्तिले भुक्तानी पाउँदा वा भुक्तानी दिँदा फरक पर्न गएमा फरक रकमलाई भुक्तानी प्राप्त हुँदा वा दिँदा समायोजन गर्नु पर्नेछ ।”