Section 92 : Payment from which tax is withheld finally:
(१) देहायका भुक्तानीलाई अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी मानिनेछ ः–

(क) बासिन्दा कम्पनीले भुक्तानी गरेको लाभांश,

(ख) व्यवसाय सञ्चालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको जग्गा वा घर र सोसंग गासिएका जडानहरु र उपकरणहरु बापत भुक्तानी गरेको भाडा ,

(ग) बासिन्दा व्यक्तिले लगानी बिमा बापत भुक्तानी गरेको लाभ,

(घ) बासिन्दा व्यक्तिले तिरेको स्वीकृत नलिएको अवकाश कोषको हित बापत भुक्तानी गरेको लाभ,

(ङ) दफा ८८ को उपदफा (३) मा उल्लेख भए बमोजिम बैङ्क, वित्तीय संस्था वा ऋण पत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनीले भुक्तानी दिएको देहाय बमोजिमको ब्याज ः–

(१) नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसंग सम्बन्धित नभएको प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको,

 (२) दफा २ को खण्ड (ध) बमोजिमको कर छूट पाउने संस्थालाई भुक्तानी गरेको,”

 (च) दफा ८७, ८८ वा ८९ बमोजिम गैर बासिन्दा व्यक्तिलाई दिइएको कर कट्टी हुनु पर्ने भुक्तानी ।

(छ) नेपाल सरकार वा स्वीकृत अवकाश कोषबाट भुक्तानी गरिएको अवकाश भुक्तानीहरू, र  

(ज) बैठक भत्ता, पटके रुपमा अध्यापन गराए बापतको भुक्तानी, प्रश्नपत्र तयार गरे वापतको भुक्तानी वा उत्तर पुस्तिका जाँच गरे वापतको भुक्तानी ।”  

(२) अग्रिम कर कट्टी गर्ने व्यक्तिले वा कर कट्टी हुने व्यक्तिले अन्तिम रुपमा कट्टी हुने भुक्तानीबाट दफा ८७, ८८ वा ८९ बमोजिम कर कट्टी गरेको वा दफा ९० को उपदफा (३) बमोजिम कट्टी गरिएको भनी मानिएको कर रकम विभागलाई दाखिला गरेमा दफा ३ को खण्ड (ग) मा उल्लेख भए बमोजिमको व्यक्तिले कर दायित्व पूरा गरेको मानिनेछ । चैत्र महिनाको अन्त्यमा तिरिसकेको करभन्दा बढी हुन आउने अनुमानित करको ७०% आषाढ महिनाको अन्त्यमा तिरिसकेको करभन्दा बढी हुन आउने अनुमानित करको १०० %

स्पष्टीकरण ः यस उपदफाको प्रयोजनको लागि,–

(क) अनुमानित कर भन्नाले किस्ताबन्दीमा कर दाखिला गर्नु पर्ने कुनै व्यक्तिले कुनै वर्षको किस्ताबन्दी कर दाखिला गर्नु पर्ने समयमा दफा ९५ बमोजिम गणना गरेको किस्ताबन्दीको अनुमानित कर सम्झनु पर्छ ।

(ख) तिरिसकेको कर भन्नाले देहायको कुल जम्मा सम्झनु पर्छ ।

(१) सम्बन्धित किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि यस दफा बमोजिम पूर्व किस्ताद्धारा सो आय वर्षमा दाखिला गरेको कर रकम,

(२) सो आय वर्षमा सम्बन्धित किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि कुनै व्यक्तिको परिच्छेद–१७ बमोजिम सो वर्षँमा सो व्यक्तिको आय गणना गर्दा समावेश हुने भुक्तानीहरुबाट कट्टी भएको कर रकम,

(३) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि सो वर्षमा कर कट्टी गर्ने एजेण्ट वा कर कट्टी हुने व्यक्तिले उपखण्ड (२) मा उल्लिखित भुक्तानीबाट दफा ९० को उपदफा (३) बमोजिम कर कट्टी भएको मानिने रकम विभागमा दाखिला गरेको भए त्यस्तो कर रकम, र

 (४) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि सो व्यक्तिले गरेको स्वीकृत औषधि उपचार खर्चको सम्बन्धमा सो व्यक्तिले दफा ५१ बमोजिम दाबी गर्न सक्ने औषधी उपचार खर्चको कर मिलान रकम ।

(२) उपदफा(१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम बुझाउनु पर्ने किस्ताको रकम दुई हजार रुपैयाँभन्दा कम भएमा त्यस्तो किस्ताको रकम बुझाउनु पर्ने छैन । (३)   किस्ता दाखिला गर्ने व्यक्तिले यस दफा बमोजिम कुनै आय वर्षमा किस्ताबन्दीका  माध्यमबाट दाखिला गरेको कर रकम सो वर्षमा लाग्ने कर बापत कट्टी गर्न पाउनेछ ।