Section 118 : Fees to be charged in cases where the person making payment in installments makes lesser payment of estimated tax:
(१)

 कुनै ब्यक्तिले कुनै आय बर्षमा दफा ९४ बमोजिम दाखीला गर्नु पर्ने किस्ता रकम सम्बन्धमा खण्ड (क) मा उल्लिखित रकमभन्दा खण्ड (ख) मा उल्लिखित रकम बढी भएमा यसरी बढी भएको रकममा उपदफा (२) बमोजिम ब्याज लाग्नेछ ः–  

(क) सो व्यक्तिले कुनै आय वर्षमा तिरेको प्रत्येक किस्ताको रकम,

 (ख) सो आय वर्षमा प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रुपमा बुझाउनु पर्ने कुल रकमको अनुमान वा संशोधित अनुमान सही भएको भए सो रकम र सो रकम सहि नभएको भए दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने कर रकमको प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रुपमा बुझाउनु पर्ने रकमको असी प्रतिशत रकम ।  

(२) उपदफा (१) बमोजिमको व्यक्तिलाई सो वर्षको सो किस्ता बुझाउनु पर्ने मितिदेखि सो बढी रकम नबुझाएसम्मको प्रत्येक महिना र महिनाको भागको सामान्य ब्याजदरले ब्याज लाग्नेछ ः– (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिीएको भएतापनि सो उपदफा बमोजिमको व्यक्तिले त्यस्तो बढी कर दफा ९९ बमोजिम कर निर्धारण भई कर बुझाउनु पर्ने मितिसम्म पनि दाखिला नगरेमा सो व्यक्तिलाई सो वर्षको सो किस्ता बुझाउनुपर्ने मितिदेखि सोही दफा बमोजिम कर निर्धारण भई कर बुझाउनु पर्ने मिति सम्मको प्रत्येक महिना र महिनाको भागको सामान्य व्याजदरले व्याज लाग्नेछ ।”