Section 90 : Statement and payment of tax withheld:
 (१) अग्रिम कर कट्टी गर्नु पर्ने प्र्र्रत्येक व्यक्तिले प्रत्येक महिना समाप्त भएको पन्ध्र दिनभित्र देहायका कुराहरु खुलाई विभागले तोकेको तरिका र ढाँचामा विभागमा विवरण दाखिला गर्नु पर्नेछ ः–
(क) सो महिनामा अग्रिम कर कट्टी गर्ने व्यक्तिले कर कट्टी भएको व्यक्तिलाई दफा ८७, ८८ वा ८९ बमोजिम दिएको कर कट्टी हुने भुक्तानी ,
(ख) कर कट्टी हुने व्यक्तिको नाम , ठेगाना र स्थायी लेखा नम्बर हुनेको सम्बन्धमा स्थायी लेखा नम्बर,
(ग) उपदफा (३) मा उल्लेख गरिएको बाहेक प्रत्येक भुक्तानी गर्दा कट्टी गरिएको करको रकम, र 
(घ) विभागले तोकेको अन्य कुनै जानकारी ।
(२) उपदफा (१) मा उल्लिखित विवरणसंग अग्रिम कर कट्टी गर्ने व्यक्तिले कट्टी गरिएको कर वा उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिएको रकम उपदफा (१) मा उल्लिखित म्यादभित्र विभागमा दाखिला गर्नु पर्नेछ ।
(३) अग्रिम कर कट्टी गर्नु पर्ने व्यक्तिले दफा ८७, ८८ वा ८९ बमोजिम कर कट्टी नगरेको भए पनि सो कर कट्टी हुनु पर्ने समयमा सो कर कट्टी गरिएको मानिनेछ ।
(४) दफा ८७ ८८ वा ८९ बमोजिम कुनै कर कट्टी गरिएको रकम वा उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिने रकम सो अग्रिम कर कट्टी गर्ने व्यक्तिले दाखिला गर्नु पर्नेछ र उपदफा (५) लागू हुने अवस्थामा कर कट्टी हुने व्यक्तिले उपदफा (१) मा उल्लिखित अवधि पश्चात पन्ध्र दिनभित्र सो कर दाखिला गर्नु पर्नेछ ।
(५) देहाय बमोजिमको अवस्थामा अग्रिम कर कट्टी हुने व्यक्ति र सो अग्रिम  कर कट्टी गर्ने व्यक्ति दुबैजना संयुक्त रुपमा र छुट्टाछुट्टै रुपमा सो कर रकम विभागमा दाखिला गर्न जिम्मेवार हुनेछन् ः–
(क) अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ८७, ८८ वा ८९ बमोजिम कुनै भुक्तानीबाट कर कट्टी नगरेमा, र 
(ख) अग्रिम कर कट्टी गर्ने व्यक्तिले उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिने रकम उपदफा (४) बमोेजिम कर दाखिला गर्नु पर्ने मिति भित्र विभागमा दाखिला नगरेमा ।
(६) अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ८७, ८८ वा ८९ बमोजिम कर कट्टी गरी विभागमा दाखिला गरेकोमा सो कर कट्टी भएको भुक्तानीका विषयमा कर कट्टी हुने व्यक्तिद्धारा कुनै दाबी गरिएमा सो रकम कर कट्टी हुने व्यक्तिलाई भुक्तानी गरे सरह मानिनेछ ।
(७) दफा ८७, ८८ वा ८९ बमोजिम कर कट्टी नगरेको रकम अग्रिम कर कट्टी गर्ने व्यक्तिले विभागलाई दाखिला गरेको भएमा सो दाखिला भएको कर रकम बराबरको रकम सो कर कट्टी हुन पर्ने व्यक्तिबाट असूलउपर गर्न पाउनेछ ।