Section 58 : Provision restricting reduction of dividend tax:
“(१) कुनै निकायले देहायको सबै अवस्थाहरू कायम राखी गरेको प्रबन्धलाई लाभांश कर घटाउन गरेको प्रबन्ध मानिनेछ ः–  

(क) सो निकायको संचित, चालू वा अपेक्षित मुनाफा भएमा,

 (ख) हित प्राप्त गर्ने कुनै व्यक्तिले सो निकायको कुनै हित प्राप्त गर्छ र सो हित प्राप्तकर्ता वा निजको सम्बद्ध व्यक्तिले सो निकायको हालको वा साबिकको हिताधिकारीलाई वा निजको सम्बद्ध व्यक्तिलाई हित प्राप्तिसंग सम्बन्धित भए वा नभएपनि र हित प्राप्तीको समयमा भुक्तानी भए वा नभएपनि कुनै भुक्तानी गरेकोमा,

(ग) सो भुक्तानी पूर्ण वा आंशिक रुपमा निकायको मुनाफामा प्रतिबिम्बित भएमा, र  

(घ) सो निकायले सो हित प्राप्तकर्तालाई लाभांश वितरण गरेकोमा र सो लाभांशले पूर्ण वा आंशिक रुपले सो मुनाफालाई समावेश गरेमा ।”  


(२) उपदफा (१) बमोजिम गरिएको लाभांश कर घटाउने प्रबन्ध  अन्तर्गत कुनै निकायबाट लाभांश वितरण गरिएकोमा सो प््रबन्धलाई देहायसरह भएको मानिनेछ ः–
(क) हित प्राप्तकर्ता वा निजको सम्बद्ध व्यक्तिले गरेको भुक्तानीलाई सो व्यक्तिले गरेको भुक्तानी नमानी सो निकायले खण्ड (ख) मा उल्लिखित साबिक वा हालको हिताधिकारीलाई लाभांश वितरण गरे सरह मानिनेछ ।
(ख) सो निकायबाट हित प्राप्तकर्तालाई वितरण गरिएकोे लाभांश खण्ड (क) मा उल्लिखित लाभांशबाट सो भुक्तानी भनिएको रकम घटाई हुन आउने रकम बराबर भएको मानिनेछ ।